महिनावारी रोक्न आफूखुशी औषधि सेवन गर्ने प्रवृत्ति घातक बन्दै- HEALTH NEWS

पछिल्ला केहि बर्ष देखि नेपालि महिला हरुमा प्रजनन समस्या बढ्दो छ । स्त्रीरोग बिशेषज्ञहरुको सल्लाह बिनै आफु खुशी औषधि सेवन गर्ने प्रबित्तिले गर्दा स्त्रीरोग सम्बन्धि समस्या बढेको चिकित्सकहरुको निष्कर्ष छ । महिनावारी पर सार्ने गर्भपतन गराउने जस्ता औषधि चिकित्सकको सल्लाह बिना सेवन गर्नु घातक भएको भन्दै यसप्रति सचेत रहन चिकित्सकहरुले सल्लाह दिएका छन् ।